back

सञ्चालित अनलाइनसँग मिल्दो जुल्दो डोमेनका न्युजपोर्टल काउन्सिलले सूचिकरण नगर्ने

काठमाडौँ । आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल अब सूचीकरण नहुने भएका छन् ।

काउन्सिलले शुक्रबार सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अंक वा अक्षर जोडेर डोमेन दर्ता–मिडिया दर्ता गराई मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (डोमेन नेम) लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने निर्णय गरेको हो ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी–गुनासाहरू आउने गरेको पाईएपछि यस्तो निर्णय गरेको हो ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ ।

पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवम् निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ । मर्यादिन पत्रकारिता गर्दै आएका अनलाइनको नामको नक्कल गरेर पाठकलाई झुक्याएको, पत्रकारिताका नाममा विभिन्न व्यक्तिको चरित्र हत्या र निराधार आक्षेप लगाएको पाइएपछि काउन्सिलले पत्रकारितालाई आचारसंहिताभित्र ल्याउन यस्तो निर्णय गरेको जनाएको छ ।

२०७८ साउन २९ गते प्रकाशित


‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...