बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
वि.सं.२०७८ साउन २८ बिहीवार
रुपन्देही । बलात्कारको आरोपमा रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले जबरजस्ती करणी आरोपमा शुक्लालाई पक्राउ गरिएको बताएका हुन् ।
शुक्ला सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन् । उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
उनलाई प्रहरीले आजै पक्राउ गरेको हो ।
२०७८ साउन २८ गते प्रकाशित
प्रकाशित समय : १२:१८ बजे