back

अन्तराष्ट्रिय कुस्ती खेलाडी बैरागीका हत्यारा पक्राउ

रौतहट । अन्तराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेका एकजनालाई रौतहट प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ ।
आठौ साफ खेलकुदमा कास्य पदक बिजेता उपेन्द्र दास बैरागीको १० बर्ष पहिला जिल्ला सदरमुकाम गौरमा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । बैरागीको हत्यामा संलग्न रहेका देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने सोनफी हजरालाई गौर नगरपालिका वडा नं. ५ बाट बुधबार जिल्ला प्रहरी कार्यलय रौतहटले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय रौतहटका सुचना अधिकारी नारायण प्रसाद चिमोरीयाका अनुसार बैरागीकी श्रीमती राम कुमारी देवीले कर्तव्य ज्यान मुद्धामा हजरा बिरुद्ध जाहेरी दिएकी थिइन् । उपेन्द्रदास बैरागी (यादव) ले सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती तर्फको खेलमा देशलाई काश्य पदक दिलाएका थिए । देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लगायत विभिन्न व्यक्ति तथा संस्थाले काठमाण्डौंमा उनको सम्मान गरेको थियो । यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखा दक्षिणबाहु बाट पनि सम्मानित गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले ९ बैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागी नगद १० लाख दिन अर्थ मन्त्रालयको सहमति माग गरे पनि पीडित परिवारले क्षतिपूर्ती र न्याय पाउन सकेका थिएनन् । १० बर्ष सम्म हत्यामा संलग्न पक्राउ पर्न नसक्नु र राज्यबाट समेत क्षेतीपुर्ति नपाउदा बैरागी परिवार पिडित बन्दै आएको थियो । हत्यामा संलग्न एकजना १० बर्ष पछि फेला परेको भएपनि वास्तबिक हत्यारा अझै फेला पर्न नसकेको बैरागीका छोरा प्रेम यादवले बताए । हत्यामा संलग्न २ जना अझै गाउघरमै भएको भए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको प्रेमको भनाइ रहेको छ ।

२०७८ साउन २८ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...