back

भोली मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौँ । भोली मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्र बैंक स्रोतले भइरहेका तयारीहरुमा कुनै व्यवधान उत्पन्न भएन भोलि नै मौद्रिक नीति सार्वजनिक हुने जनाएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सम्पूर्ण पूर्व तयारी भईसकेको छ । उनले पूर्वतयारी भइरहेको विषयमा पुष्टि गर्दै भोलि नै मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना रहेको बताएका हुन् । उनले भने ‘ठ्याक्कै निर्णय भएको छैन, आजको तयारीमा कुनै व्यवधान भएन भने सम्भवतः भोलि सार्वजनिक हुन्छ ।’

भोली बिहान नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्ने तयारी समेत भईसकेको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएलगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, सरकार परिर्वतनसँगै मौद्रिक सार्वजनीक ढिला भएको हो ।

शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीको ग्रिन सिग्नल कुरेर बसेका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने बताएका थिए। तर, राष्ट्र बैंकका बहुमत सञ्चालकहरुले नयाँ सरकारले ल्याउने अर्थतन्त्रको श्वेतपत्र कुर्नुपर्नेमा जोड दिएपछि मौद्रिक नीति पर्ख र हेरको बाटोमा अड्कीरहेको हो ।

२०७८ साउन २८ गते प्रकाशित


विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:५६

काठमाण्डौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने...

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:५२

काठमाण्डौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ...

आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:४०

काठमाण्डौँ ।  सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार...

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:३७

काठमाण्डौँ ।  सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक...

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:३२

काठमाण्डौँ ।  सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:२९

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...