पद गएपछि रिक्सा चढेर घर गए लुम्बिनीका मन्त्री आचार्य
वि.सं.२०७८ साउन २८ बिहीवार
रूपन्देही । लुम्बिनीका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्रालय र क्वाटरबाट बाहिरीएका छन् । नयाँ सरकार गठनको तयारी चलिरहँदा निवर्तमान मन्त्रीहरू मन्त्रालय र क्वार्टर छाड्न थालेसँगै मन्त्री आर्चाय पनि आज रेक्सा चढेर घरतर्फ लागेका हुन् ।
मन्त्रालय छाड्नुअघि आचार्यले पत्रकार सम्मेलन गरेका थिए । उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको समेत बताएका छन् । अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई शंकर पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए । दाङ राजधानी बनाउन आचार्यले मुख्यमन्त्रीलाई साथ दिएका थिए ।
२०७८ साउन २८ गते प्रकाशित
प्रकाशित समय : ०८:२९ बजे