back

शनिवार नर्भिक हस्पिटलमा बाथ र हर्मोन रोगको निःशुल्क ओपीडी हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरूले सेवा दिने भएका छन् ।

नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथ रोग विशेषज्ञ डा. अभिलाषा शाहले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् ।

सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा. मधु पाण्डेको निःशुल्क ओपीडी सेवामा सहभागिता जनाई लाभ लिन सक्ने अस्पतालले जनाएको छ ।

यस्तै, डा. अभिलाषा शाहसँग बाथ रोगको समस्या भएकाहरुले लाभ लिन सक्नेछन् । डा. शाहले हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, आरामको समयमा ढाड तथा जोर्नी बढी दुख्ने, मांशपेशी दुख्ने, गल्ने, थकाई बढी लाग्ने, बारम्बार गर्भधारणमा समस्या आउने समस्या भएकाले आफ्नो ओपिडीमा आएर लाभ लिनसक्ने बताइन् ।

त्यसैगरी घाममा अनुहार बढी रातो हुने वा पोल्ने, कपाल बढी झर्ने, मुखभित्र बारम्बार घाउ आउने, चिसोमा औँलाहरु निलो, सेतो हुने, शरीरमा बारम्बार घाउ तथा डाबर आइराख्ने, खुट्टाको बुढी औँला वरिपरि रातो भएर दुख्ने, कुर्कुच्चा पोल्ने तथा दुख्ने, मांशपेशी कमजोर हुने, लामो समयसम्म ज्वरो आउने, खकारमा रातो रगत देखापर्ने, आँखा बारम्बार रातो हुने, हातखुट्टा झमझमाउने र पोल्ने र भर्याङ चढ्दा घूँडा दुख्ने जस्ता समस्या भएकाले पनि आफ्नो ओपिडीमा आएर लाभ लिनसक्ने उनले बताइन् ।

नर्भिकले दुई साता अघिदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

यही क्रममा आउने शनिवार डा. द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिनेछन् ।

नर्भिक अस्पतालका सीईओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।

२०७८ साउन २८ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...