सानिमा माई हाइड्रोपावरको नाफामा सामान्य सुधार, यस्तो छ चौथो त्रैमासको वित्तिय रिपोर्ट

वि.सं.२०७८ साउन २८ बिहीवार

काठमाडाँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।
सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा ४० करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यता समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ८६ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
अन्य स्रोतबाट हुने आम्दानी घटेर १ लाख ४२ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी ११ लाख १२ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै कम्पनीको रिजर्भको आकार ३.६५ प्रतिशतले बढेर ६८ करोड २ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ६५ करोड ६३ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.४९ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२२ रुपैयाँ रहेको छ।
२०७८ साउन २८ गते प्रकाशित

प्रकाशित समय : ०६:३८ बजे