चाबहिलमा श्रीमानद्वारा गभर्वती श्रीमतीको हत्या: मैले श्रीमतीको हत्या गरे भन्दै प्रहरीलाई फोन
वि.सं.२०७८ साउन २८ बिहीवार
काठमाडौं । काठमाडौंको चाबहिलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।
रञ्जना ६ महिनाकी गभर्वती थिइन् । हत्यापछि श्रेष्ठ आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर मैले श्रीमतीको हत्या गरेको जानकारी दिएका हुन्।
श्रेष्ठले फोन गरेपछि प्रहरी टोली त्यहा पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको स्रोतले भनेको छ।
श्रीमतीसँग बिवाद हुँदा मैलेनै घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेका छन्।गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए । रञ्जना ६ महिनाकी गभर्वती थिइन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।
२०७८ साउन २८ गते प्रकाशित
प्रकाशित समय : ०६:१२ बजे