कोसीमा जंगली हात्तीको आक्रमणले एकको ज्यान गयो

वि.सं.२०७८ साउन २८ बिहीवार

विराटनगर । सुनसरीको कोसी गाँउपालिकामा जंगली हात्तिले आक्रमण गरि एक जनाको ज्यान लिएको छ ।
कोसी गाँउपालिका–४ श्रीपुर गलफलिया टोलका किसान रामानन्द खत्वेको आज बिहान हात्तीको आक्रमणमा परि ज्यान गएको हो ।
स्थानीयका अनुसार बिहान खेतमा काम गर्न जाँदा कोसी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तिले लखटेर खत्वेलाई किच्दा घटना स्थलमै मृत्यु भएको हो ।
हात्तीले किचेर घाइते भएका खत्वेको अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनरीले जनाएको छ ।
२०७८ साउन २८ गते प्रकाशित

प्रकाशित समय : ०४:४८ बजे