back

ब्राजिलमा अहिलसम्म कोभिडबाट मृत्यु हुनेको संख्या

काठमाडौँ । ब्राजिलमा कोभिड–१९बाट हुने मृत्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन् । यहाँका अधिकारीकाअनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टाभित्र यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ ।

कोभिड–१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ । यहाँका अधिकारीले मंगलबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा केही महिनाअघि कोभिड–१९का सङ्क्रमित घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितमा करिब २६० जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ ।

२०७८ साउन २७ गते प्रकाशित


प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

वि.सं.२०८१ माघ २ बुधवार ०८:५३

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

वि.सं.२०८१ पुस २४ बुधवार १३:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले...