back
skip this gaugauma singhadarbar

एनआईसी एशिया लघुवित्तको खुद नाफामा उछाल, २४७ प्रतिशतले बढ्यो

काठमाडौँ – एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफामा छाल हानेको छ । लघुवित्तले यो त्रैमासमा आफ्नो खुद नाफा २४७ प्रतिशतले बढाउन सफल भएको हो ।
गत आवको यसै अवधिमा १२ करोड २७ लाख ८४ हजार खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको समिक्षा अवधिमा ४२ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । स्वदेशी लघुवित्तसँग मर्जर गरी चैत ८ गतेदेखि एकीकृत कारोबार थालेकाले लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।

चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३२.७५ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको इपिएस १६.२९ रुपैयाँ रहेको थियो ।
चालु आवको ९ महिना अवधिमा चुक्ता पूँजी ७३.१६ प्रतिशत, जगेडा कोष २४९.५७ प्रतिशत, निक्षेप १७२.८२ प्रतिशत निक्षेप १७२.८२ प्रतिशत, सापटी १४४.२३ प्रतिशतले बढेको छ । यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२.९४ प्रतिशत, सञ्चालन नाफा २२०.१८ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले १३ अर्ब ६९ करोड १७ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरी ६२ करोड ४० लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

कम्पनीको जगेडा कोषमा ७९ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४५.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१.८८ गुणा, कोषको लागत ५.४८ प्रतिशत र खराब कर्जा अनुपात १.४९ प्रतिशत छ ।

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:५४

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...