थप २,५४८ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ साउन २४ आइतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।
२०७८ साउन २४ गते प्रकाशित

प्रकाशित समय : ११:०४ बजे