सरकारको साझा नीति तथा कार्यक्रम आजै सार्वजनीक गरीने

वि.सं.२०७८ साउन २४ आइतवार

काठमाडौँ । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनीक गरिने भएको छ । आज दिउँसो ४ बजे सार्वजनिक गरिने बालुवाटार स्रोतले जनाएको हो ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदल र शीर्ष नेताहरुबीच आज बिहान बालुवाटारमा साझा नीति तथा कार्यक्रमको प्रतिवेदन माथि छलफल भएको थियो। सोही छलफलबाट साझा कार्यक्रमलाई अन्तिम रुप दिइएको हो। आजै ४ बजे सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गरिनेछ’, छलफलमा सहभागी एक नेताले भने।
कार्यदलले साझा नीति तथा कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो।
२०७८ साउन २४ गते प्रकाशित

प्रकाशित समय : ०८:०३ बजे