back

भारतमा दैनिक सङ्क्रमित दरमा कमी, सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्यो

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो ।

शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै समयावधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या घटेको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कूल सङ्ख्या चार लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १।२९ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका छन् ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको सङ्ख्या ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ ।

२०७८ साउन २३ गते प्रकाशित


देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

वि.सं.२०८१ माघ २८ सोमवार १४:२४

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन...