काठमाडौँमा साउन २२ देखि भेरोसेल खोपको दोस्रो डोज लगाइदै
वि.सं.२०७८ साउन १९ मंगलवार
काठमाडौँ । काठमाण्डौमा साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ।
पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरिने भएको हो । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज पाउने छन्।
दोस्रो डोज लगाउन अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्नेछ।
२०७८ साउन १९ गते प्रकाशित
प्रकाशित समय : ०८:५६ बजे