आज २५ सय संक्रमित थपिए

वि.सं.२०७८ साउन १७ आइतवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकमा २५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको नमुना (८,४०२ पीसीआर र ४,२३४ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना डिस्चार्ज भएका छन् ।
नेपालमा कूल ६ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ भने ६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ रहेको मन्त्रालयले जनाएको छ ।
२०७८ साउन १७ गते प्रकाशित

प्रकाशित समय : १२:३० बजे