back

मुलकुमा ९१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको प्राधिकरको दाबी

काठमाडौँ । कुलुकमा अहिलेसम्म आईपुग्दा ९१.५५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले २ करोड ७७ लाख ६ हजार ७११ जना नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको जनाएको हो । जसमा नेपाल टेलिकमको १ करोड ३८ लाख ६८ हजार ३५८, एनसेलको ७२ लाख ६७ हजार ३२० जना र स्मार्ट टेलिकमको १ लाख ५१ हजार ७१५ जना ग्राहकले इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७६ लाख ६४ हजार ३५९ जनाले फोरजी प्रयोग गरेको प्राधिकरणले जनाएको हो । नेपालमा तीन वटा कम्पनीले फोरजी सेवा दिइरहेको अवस्थामा सबैभन्दा बढी एनसेलका ग्राहक रहेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम दोस्रो स्थानमा रहेको छ र भने स्मार्ट टेलिकम तेस्रो स्थानमा रहेको छ ।

७६ लाख ६४ हजार ३६९ जनाले फोरजी प्रयोग गर्दा बढी हिस्सा एनेसेलको रहेको छ । प्राधिकरणका अनुसार ४८ लाख ५ हजार २१५ जना ग्राहकले एनसेलको फोरजी प्रयोग गरिरहेका छन् ।

नेपाल टेलिकमको फोरजी प्रयोग गर्ने ग्राहक २७ लाख ७ हजार ४२९ जना रहेका छन् भने मार्ट टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या १ लाख ५१ हजार ७१५ जना पुगेका छन् ।

प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा १ करोड २० लाख ५२ हजार ६७५ जनाको पहुँचमा थ्रिजी इन्टरनेट सेवा पुगेको छ । जसमा सबैभन्दा बढी हिस्सा नेपाल टेलिकमको रहेको छ । टेलिकमको ९५ लाख ९० हजार ५७० र एनसेलको २४ लाख ६२ हजार प्रयोगकर्ता रहेका छन् ।
२०७८ साउन १६ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...