back

चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौँ । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप पुन अनुदानमा उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराईसकेको छ ।

अर्थ मन्त्रालयद्वारा प्रेषित विवरणमा भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गरेका थिए ।

चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने अर्थमन्त्री शर्माले बताए ।

भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताइन् ।

भुकम्पपछिको पुननिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै राजदूत यान्छीले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिएको मन्त्रालयले जनाएको छ ।

२०७८ साउन १५ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...