back

स्वरोजगार लघुवित्तको नाफामा उछाल, १६९.६४ प्रतिशतले बढ्यो नाफा

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनीक भएको छ ।

सार्वजनीक विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा खुद नाफा १६९.६४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १५ करोड ४३ लाख २१ ह्जार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा खुद नाफा ५ करोड ७२ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, गत असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३३.९३ प्रतिशत मात्र बढेर ३४ करोड २ लाख २२ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा खुद ब्याज आम्दानी २५ करोड ४० लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६०५.०६ प्रतिशत बढेर १३ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा १ करोड ९५ लाख ७५ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो । तर यस अवधिमा लघुवित्तको प्रोभिजनिङ्ग २८.८८ प्रतिशत घटेर ९ करोड ६९ लाख ६ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६.२९ प्रतिशत बढेर ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ, जगेडा कोष ८८.७९ प्रतिशत बढेर २० करोड ७३ लाख ५३ हजार रुपैयाँ, सापटी ६८.७० प्रतिशत बढेर २ अर्ब ३७ करोड ४२ लाख ८० हजार रुपेयाँ, निक्षेप संकलन ४८.०७ प्रतिशत बढेर २ अर्ब ५७ करोड ४६ लाख ७९ हजार रुपैयाँ र कर्जा ७५.४९ प्रतिशत बढेर ५ अर्ब ५६ करोड ७४ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा बढेर ३७ रुपैयाँ ५२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ३८.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ ।

२०७८ साउन १५ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...