back

डब्लुएचओले भन्यो विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ ।

पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लुएचओको भनाई छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् ।

डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ । –एजेन्सिको सहयोगमा

२०७८ साउन १३ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...