back

गत आर्थिक वर्षमा चितवनमा ६३ प्रतिशत मुद्दा फछ्र्योट

काठमाडौँ । जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । ३ हजार ८३० मुद्दामध्ये उक्त अवधिमा २ हजार ४३४ फछ्र्योट भएका छन् ।

अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी ३ हजार ८३० मुद्दा रहेका थिए । तीमध्ये गत आवमा परेका दुई हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका एक हजार ३७१ मुद्दा हुन् ।

उनका अनुसार ती मुद्दामध्ये दुई हजार ४३४ फछ्र्योट भएका छन् । एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए ।
यस्तै ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ । जिम्मेवारी सरी आएका ५ हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो सङ्ख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो ।

पौडेलका अनुसार चालू आवका लागि पाँच हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ । उनीहरुबाट दुई हजार ६६८ वर्ष छ महिना २० दिन कैद र रु १५ करोड ९८ लाख पाँच हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले जानकारी दिए ।

पक्राउ परेकाबाट एक हजार ६१ वर्ष छ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने रु नौ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ । कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा अदालतमा पनि काम नहुँदा फैसला कार्यान्वयन र अदालती काम पनि बन्द हँुदा फछ्र्योट कम भएको देखिएको उनको भनाइ छ ।

२०७८ साउन १३ गते प्रकाशित


देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

वि.सं.२०८१ माघ २८ सोमवार १४:२४

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन...