पछिल्लो २४ घण्टामा ३८ सय संक्रमित थपिए

वि.सं.२०७८ साउन १३ बुधवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८०८ नमुना (१० हजार ८८६ पीसीआर र ४९२२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बुधबार थप ३३ जनाको मृत्यु भएको छ । आज संक्रमण पुष्टि हुने दर २४.२ प्रतिशत रहेको मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय संक्रमण पुष्टि हुने दर बढिरहेको छ ।’
पछिल्लो २४ घण्टामा १९९३ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी ६२ प्रतिशत संक्रमित भएका छन् । गण्डकीमा ३ जनामा परीक्षण गर्दा दुईजनामा संक्रमण भेटिएको छ । प्रदेश १ मा २७.५ प्रतिशत संक्रमण दर रहेको छ ।
आज सक्रिय संक्रमित संख्या २९ हजार ८४४ रहेको छ ।
२०७८ साउन १३ गते प्रकाशित

प्रकाशित समय : १०:५८ बजे