बलात्कारको मुद्धाबाट पूर्वसभामुख महराले पाए सफाई
वि.सं.२०७८ साउन १२ मंगलवार
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणीको मुद्दामा आज उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।
न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै उनलाई उक्त मुद्धाबाट सफाइ दिएको हो ।
महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलेको थियो । काठमाडौँ जिल्ला अदातले महरालाई जबरजस्ती करणीको उद्योगमा दाबी नपुग्ने भन्दै सफाई दिएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।
२०७८ साउन १२ गते प्रकाशित
प्रकाशित समय : १०:३८ बजे