नेपाल इन्स्योरेन्समा निमित्त सीईओमा ईश्वर पोखरेल

वि.सं.२०७८ साउन १० आइतवार

काठमाडौँ । नेपाल पहिलो जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले निमित्त सीईओको जिम्मेवार पोखरेललाई दिने निर्णय गरेको हो।
निर्वतमान सीईओ विजयबहादुर शाहको करार सेवा अवधि गत साउन ८ गते सकिएपछि समितिले कम्पनीमा सिईओको जिम्मेवारी नायब सीईओ पोखरेललाई दिने निर्णय गरेको हो ।
जसका कारण सीईओ पद रिक्त रहेको छ।
सीईओमा नयाँ नियुक्ति नभइन्जेलसम्मका लागि पोखरेललाई निमित्त सीईओको जिम्मेवारी दिइएको कम्पनी सचिव चन्द्रनाथ उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
२०७८ साउन १० गते प्रकाशित

प्रकाशित समय : ०९:३४ बजे