back

बाग्मती प्रदेशमा अब अनलाइनबाटै सवारीको कर, ब्लुबुक नवीकरण र लाइसेन्स शुल्क तिर्न सकिने

काठमाडौँ । बागमती प्रदेशमा सवारीसाधन सम्बद्ध कर तथा राजस्व अब अनलाइन प्रणालीमार्फत भुक्तानी गर्न सकिने भएको छ। प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क तथा जरिवानालगायतका राजस्व तथा कर भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ ।

आज एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय हेटौँडाले डिजिटल अनलाइन पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो।

उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारीसम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ भने सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन्।
यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका अनुसार कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङजस्ता डिजिटल सेवा प्रदायकमार्फत गर्न सकिनेछ। यसले यातायात कार्यलयमा हुने भीडभाडका साथै आर्थिक चलखेलसमेत रोकिने यातायात कार्यालयको विश्वास छ।

यो सेवा छिटै देशभर लागू गर्ने सरकारको तयारी छ।

२०७८ साउन ८ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:२९

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा...