पछिल्लो २४ घण्टामा थप २७ सय संक्रमित थपिए

वि.सं.२०७८ साउन ७ बिहीवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ नमुना (९१२२ पीसीआर र ३७०७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बिहीबार थप २४ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधीमा १२८८ जना निको भएका छन् ।
बिहीबार काठमाडौं उपत्यकामा ७५१ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका छन् ।
आजको संक्रमण दर २१.१५ प्रतिशत छ । मुलुकको सक्रिय संक्रमित संख्यामा वृद्धि भएर ४.०६ प्रतिशत पुगेको छ ।
काठमाडौं उपत्यकामा ५९१६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ९३५ र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन् ।
१० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने २६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।
कूल संक्रमित संख्या ६ लाख ७४ हजार, कूल मृत्यु संख्या ९६६१ र कूल डिस्चार्ज हुनेको संख्या ६ लाख ३७ हजार रहेको छ ।
१२ लाख ८१ हजारले पूर्ण डोज खोप लगाएका छन् । पहिलो डोज खोप लगाउने संख्या ३३ लाख रहेको छ ।
२०७८ साउन ७ गते प्रकाशित

प्रकाशित समय : ११:२९ बजे