back

टेलिकमका हाकिम कर्मचारीद्धारा रातभर कार्यालयमै थुनिए

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई कर्मचारीले मंगलबार राति कार्यालयमा नै थुनेका छन् । नियमावली संशोधनको विषयमा असन्तुष्ट भएका टेलिकमका कर्मचारीले आफ्ना मागहरु सुनुवाई नगरेको भन्दै निर्देशक अधिकारीलाई मंगलबार राति कार्यालयमै थुनेका हुन् ।

आज बुधबार दिउँसो माग पूरा गर्ने सर्तमा उनीहरुले हाकिमलाई आज बिहान छोडिदिएका छन् ।

उप–प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने व्यवस्था रहेकोमा नयाँ विनियमावलीले यो व्यवस्था हटाएसँगै टेलिकमका सबै कर्मचारी युनियनहरू संयुक्त आन्दोलनमा रहेका गरेका छन् ।

कर्मचारी युनियनहरुले प्रबन्ध निर्देशक, उप–प्रबन्ध निर्देशक, निर्देशक जस्ता उच्च तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थाले निरन्तरता पाउनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलन गरेका हुन् । क्यापिङको व्यवस्था हटाउँदा तल्लो तहमा कार्यरत कर्मचारीको बढुवा रोकिने भन्दै कर्मचारी युनियनले विरोध गर्दै आएका छन् ।

लोकसेवा आयोगले पनि सिनियर तहका कर्मचारीमा रहँदै आएको क्यापिङको प्रावधान हटाएको छ । प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

२०७८ साउन ६ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...