back
skip this gaugauma singhadarbar

कोभिडबाट बच्न बैंक/ वित्तलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोभिड १९ दोस्रो लहरलाई मध्यनजर गर्दै कोभिडबाट बच्न बैंक/ वित्तलाई राष्ट्र बैंकले ९ बुँदे निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले निर्देशनमा क देखि घ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवाप्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकले एटिएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्न निर्देशन गरिएको छ । बैठक, गोष्ठी, सेमिनार, तालिमलगायत कार्यक्रममा पर्याप्त भौतिक दूरी कायम राख्न र सकेसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले कर्मचारीलाई संक्रमणको जोखिमबाट बचाउन जोखिम न्यूनीकरणका विभिन्न उपाय अवलम्बन गर्न भनेको छ । कर्मचारीहरूको समूह विभाजन गरी एक समूहको अर्को समूहसित प्रत्यक्ष सम्पर्क नहुने व्यवास्थ गर्न तथा रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको सुझाब छ ।

संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्र्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्नसमेत निर्देशन गरिएको छ ।

राष्ट्र बैंकले कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि ‘कोभिड १९ सुरक्षा व्यवस्थापन समूह’ गठन गर्न पहिले  निर्देशनअनुरूप सो समूहलाई सक्रिय बनाउनसमेत बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ ।

भविष्यमा महामारी फिलिई विशेष अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाको अत्यावश्यकीय कार्यको निरन्तरताका लागि विस्तृत कार्ययोजनासहितको ‘कन्टिन्जेन्सी प्लान’ लाई समयानुकूल अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन छ ।

gaugauma singhadarbar

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम अघि बढ्ने

वि.सं.२०८२ मंसिर २१ आइतवार १७:२७

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम...

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

वि.सं.२०८२ मंसिर २१ आइतवार १७:१५

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३४

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...