देउवाले पाए विश्वासको मत

वि.सं.२०७८ साउन ४ सोमवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा १६५ जना सांसदहरुले समर्थन गरेका हुन् ।
बैठकमा २४९ जना सांसद उपस्थित रहेकोमा विश्वासको मतको विपक्षमा ८३ जना, एकजना सांसद तटस्थ रहेका हुन् ।

प्रकाशित समय : ००:४० बजे