back

तुलसीपुरको उच्च अदालतमा ५९ प्रतिशत मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा ५९ प्रतिशतको हाराहारीमा मुद्दा फछ्र्योट गरेको छ । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६÷७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा फछ्र्योट भएको उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढाले जानकारी दिनुभयो । यो गत आर्थिक वर्षमा ५८ दशमलव ८९ प्रतिशत मुद्दा फछ्र्योट भएको हो ।

गत आर्थिक वर्षमा कूल ९४ देवानी मुद्दामध्ये ४०, ५७१ सरकारवादी फौजदारी मुद्दामध्ये ३९४ र ३२ दुनियावादी फौजदारीमध्ये १८ थान मुद्दा फछ्र्योट भएको सो अदालतले जनाएको छ ।

गत असारमा ६१ मुद्दा दर्ता भएकोमा कोरोना जोखिमकाबीच पनि ५८ फैसला भएको अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षितले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा २३ थान मुद्दा मेलमिलापको लागि पठाएकोमा पाँच थान मात्र मेलमिलाप भएको उनले बताए।

मुख्य न्यायाधीश गौतमले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार उच्च अदालतमा २०७७ भदौ १ गतेदेखि र जिल्ला अदालतमा २०७७ साउन महिनादेखि फरक मुद्दा व्यवस्थापन पद्दति लागू भएको र सो अनुसार मुद्दालाई सरल मार्ग, सामान्य मार्ग र विशेष मार्गगरी तीन प्रकारले विभाजनगरेर काम भइरहेको बताए । सरल मार्गमा ६ महिनाभित्र, सामान्यमा एक वर्षभित्र र विशेष मार्गमा डेढ वर्षभित्र फछ्र्योट गरी सक्नुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

छिटोछरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क रुपमा निवेदन लेखिदिने व्यवस्था र अदालतको सेवालाई प्रविधिमैत्री बनाएर समयमा नै प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सफल भएको उहाँको भनाइ छ ।

२०७८ साउत ३ गते प्रकाशित


सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

वि.सं.२०८१ माघ २७ आइतवार १२:२८

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

वि.सं.२०८१ माघ २७ आइतवार १२:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८१ माघ २७ आइतवार १०:३७

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक...

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

वि.सं.२०८१ माघ २७ आइतवार १०:३२

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा...

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले...