back

गत आर्थिक वर्षमा सवारी कारवाहीबाट ६७ लाख राजश्व सङ्कलन

बाग्लुङ । गत आर्थिक वर्षमा बागलुङमा सवारी कारवाहीबाट ६७ लाख राजस्व संकलन भएको छ । १२ हजार एक सय सवारीसाधान कारवाही गर्दा सोही रकम संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट कुल ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको हो ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले कारवाहीमा परेकामध्ये सबैभन्दा बढी कार, जीपका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका पाँच हजार १४१ कार जीपबाट रु २७ लाख ६३ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार ८६८ मोटरसाइकलबाट रु २३ लाख नौँ हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै गत आर्थिक वर्षमा कारवाहीमा परेका एक हजार ३६९ ट्याक्टरबाट रु सात लाख ३६ हजार ५००, एक हजार २६० ट्रकबाट रु सात लाख १३ हजार ५००, ४५३ बसबाट रु दुई लाख ४४ हजार गरी ६७ लाख ७३ हजार ५०० र अन्य नौँ वटा साधानबाट छ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शर्माले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी कारवाहीबाट गत आर्थिक वर्षको साउनमा रु दुई लाख ८३ हजार, भदौमा रु तीन लाख २२ हजार ५००, असोजमा रु ६ लाख तीन हजार ५००, कात्तिकमा रु ६ लाख एक हजार ५००, मङ्सिरमा रु ६ लाख ६७ हजार ५००, पुसमा रु सात लाख दुई हजार ५००, माघमा रु सात लाख २३ हजार ५००, फागुनमा रु सात लाख ४८ हजार ५००, चैतमा रु सात लाख ५१ हजार, वैशाखमा रु पाँच लाख ५४ हजार, जेठमा रु तीन लाख १० हजार ५०० र असारमा रु पाँच लाख पाँच हजार ५०० राजश्व सङ्कलन भएका छन् ।

ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा सङ्कलन गरेको छ । चैत महिनामा रु सात लाख ५१ हजार सङ्कलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा दुई लाख ८३ हजार मात्रै राजश्व सङ्कलन भएको छ ।

२०७८ साउत ३ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...