जिल्ला अदालत महोत्तरीद्धारा एक वर्षमा ४९.२० प्रतिशत मुद्दा फछ्र्यौट

वि.सं.२०७८ साउन ३ आइतवार

जलेश्वर । जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९.२० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला अदालतले आर्थिक वर्ष २०७७÷०७८ मा कूल ३ हजार ५४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा गत असार २५ गते सम्ममा एक हजार ७४३ मुद्दा मात्र फछ्र्यौट गरेको हो ।
जिल्ला न्यायाधीश दीपककुमार खरेललका अनुसार यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने÷डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन् ।
यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले बताए ।
२०७८ साउत ३ गते प्रकाशित

प्रकाशित समय : ०७:१८ बजे