कोरोना खोपसहित चिनियाँ राजदूत यान्छीले भेटिन प्रधानमन्त्री देउवालाई
वि.सं.२०७८ साउन १ शुक्रवार
काठमाडौँ । चीन सरकारले नेपाललाई कोरोना विरुद्धका थप १६ लाख डोज खोप उपहारका स्रुपमा दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजदूत होउ यान्छीले १६ लाख डोज खोप उपहार दिने बताएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
यसअघि पनि चीन सरकारले ८ लाख र १० लाख गरी १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । साथै नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट खरिद गरेर ल्याएको थियो ।
२०७८ साउन १ गते प्रकाशित
प्रकाशित समय : ११:०४ बजे





















