back

सर्वाेच्चको परमादेशः २ दिनभित्र देउवा प्रधानमन्त्रीमा नियुक्त हुने

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले विघटन गैरसंवैधानिक भएको ठहर गर्दै निर्णय बदर गरिदिएको हो ।

अब प्रतिनिधि सभा पुनःस्थापना हुनुका साथै सर्वोच्चले संविधानको धारा ७६ (५)अनुसार दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षर बुझाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरिएको थियो ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

आफूलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश तथा प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षर लिएर देउवाले जेठ १० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुँदै आएको थियो ।

इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई थिए ।
२०७८ असार २८ गते प्रकाशित


अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:०६

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प...

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

इण्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:१२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि...

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

वि.सं.२०८१ कात्तिक २१ बुधवार ११:२५

काठमाडौँ । काठमाडौँका ८ स्थानमा छठ पर्व मनाउन सुरु भएको...

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

वि.सं.२०८१ कात्तिक २० मंगलवार १४:०९

काठमाडाैँ । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्...

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य,...