back

छोरी जन्मिए गाउँपालिकाले बच्चाको बैंक खातामा १५ हजार जम्मा गरिदिने

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिकाले त्यहाँ जन्मिने छोरीको लागि १५ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्दिने भएको छ । गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सार्दै यस्तो व्यवस्था गरेको हो ।

गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी १५ हजार बचत गरिदिने व्यवस्था गरेको हो । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन यस्तो कार्यक्रम ल्याइएको बताए ।

उनले भने“परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले रु १५ हजार बचत गर्छ र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ, उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिन्छ ।’

उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्यसमेत गराएको छ । त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा पनि वृद्धि हुने अपेक्षा रहेको छ । गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माउनुपर्ने छ ।

कार्यक्रममार्फत शिशु जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नुपर्ने व्यवस्था रहेकाले जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताउनुभयो । मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमी ल्याउने वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले बताए । यसले महिला हिंसामा समेत न्यूनीकरण ल्याउने विश्वास गरिएको छ ।

गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने उक्त रकमले उनलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने गाउँपालिकाको विश्वास छ । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको छ ।

२०७८ असार २७ गते प्रकाशित


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

वि.सं.२०८१ असोज २२ मंगलवार १७:३१

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १६:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल...

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १२:१०

काठमाडौं । मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप...

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपको ५ करोड हस्तान्तरण

वि.सं.२०८१ असोज २० आइतवार १८:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...