back

ज्योति विकास बैंक र एफवीनबीच सम्झौता

काठमाडौँ । ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।
आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन,कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ। साथै ज्योति विकास बैंकले एफवीन अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ। व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्ने छन्।
यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त एफवीनसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएकोछ।
बैंकले हाल १०५ शाखाकार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत बैंकिङ्ग सेवाहरु उपलव्ध गराउँदै आईरहेकोछ ।

२०७८ असार २७ गते प्रकाशित


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...