back

दुई हप्ता नपुग्दै फेरी बढ्यो डिजेल, पेट्रोल र ग्यासको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थ (डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धन)को मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा २ रुपैयाँ वृद्धि भएको छ । मूल्य वृद्धिसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ कायम भएको छ । यस्तै आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेर प्रति लिटर ८४ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमिरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १४२५ रुपैयाँ कायम भएको छ । यस डिजेल र मट्टीतेल १०९ रुपैयाँ, पेट्रोल १२५ रुपैयाँ रहेको थियो । यसघी खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ र हवाई इन्धनको मूल्य ८२ रुपैयाँ थियो ।

निगमले मूल्य बढाएपछि पनि डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासमा घाटा नै रहेको जनाएको छ । निगमले यस अघि असार ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

२०७८ असार २३ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...