back

सुजिता भण्डारी प्रकरण:  स्थानीयद्धारा राजमार्ग अवरुद्ध, प्रहरीविरुद्ध नारावाजी

काठमाडौँ । राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको आज ९ दिनपछि शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।

युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका हुन् । राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् ।

उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।

२०७८ असार २१ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...