back

९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्र आजदेखी बिक्री खुला

काठमाडौँ । ज्योति विकास बैंकले ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आज (असार २० गते)बाट निष्कासन गरेको हो ।

बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र बिक्री गरेको हो । जसमा ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वासाधारणका लागि निष्कासन गरिने कुल ६ लाख इकाइमध्ये ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । ऋणपत्रको छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते निष्कासन बन्द गरिनेछ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र १० वर्ष अवधिको रहेको छ भने लगानीकर्ताहरुले वार्षिक ९ प्रतिशत ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

२०७८ असार २० गते प्रकाशित


तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४९

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५...

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:११

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि...

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:१०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:०५

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने...