back

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

काठमाडौँ । हवाई इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानु भक्त ढकालले पहल गरेका छन् । उनले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिएका हुन् ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन्।

हवाई इन्धनको मूल्य महंगो भएको निश्कर्ष मन्त्री ढकालको रहेको छ । इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन पनि दिएका छन् ।

हवाई इन्धनको समयानुकुल समायोजन नहुँदा हवाई कम्पनीहरू मारमा परेका छन । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।

२०७८ असार १९ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...