मालिका गाउँपालिकाका विद्यार्थीले रेसुङ्गा बहुमुखिमा निःशुल्क स्नाकोत्तर गर्न पाउने

वि.सं.२०७८ असार १९ शनिवार

गुल्मी । जिल्लाको मालिका गाउँपालिकाका विद्यार्थिले जिल्लाकै सदमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखि क्याम्पसमा स्नाकोत्तर (मास्टर्स डिग्री) निः शुल्क गर्न पाउने भएका छन् । गाउँपालिकाले बिहिवार जिल्लाको रेसुङा बहुमुखी क्याम्पससँग शिक्षक अध्ययन साझेदारी प्रोत्साहन कोष स्थापना तथा चेक हस्तान्तरण गर्दै यस्तो व्यावस्था गरेको हो ।
गाउँपालिका र क्याम्पसको सम्झौता अनुसार पालिकाले वाषिक दुई लाख रुपैयाँ क्याम्पसलाई प्रदान गर्ने छ र सोही गाउँपालिकाका विद्यार्थीले कलेजमा स्नाकोत्तर गर्न चाहेको खण्डमा निशुल्क गर्न पाउने छन् । कलेजमा स्नाकोत्तर तर्फ शिक्षा संकायमा मात्रै पढ्न सकिने छ भने अरु संकायहरु कलेजमा उपलब्ध छैनन् ।
यसरी क्याम्पस सङको साझेदारीमा प्रोत्साहन कोष स्थापना गरि स्नाकोत्तर तहको शिक्षा विद्यार्थीलाई निः शिल्क अध्यापन गराउने मालिका गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह हो । यो समझदारीसँगै विद्यार्थीले अब जाँचको मात्र शुल्क तीर्ने छन् । यो कार्यक्रम बाट मालिका गाउँपालिकाका ४० जना भन्दा बढि विद्यार्थी लाभान्वित हुने क्याम्पस प्रमुख हरी केसीले बताउनु भयो ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले नयाँ आर्थिक वर्षलाई विगतका वर्षहरु भन्दा मजबुद बनाउँदै सबै क्षेत्रमा अगाडी बढन चाहेको र विशेष गरी शिक्षा र स्वास्थ्यलाई जोड दिएको उल्लेख गरे ।
२०७८ असार १९ गते प्रकाशित

प्रकाशित समय : ०५:५८ बजे