back

ट्रेड युनियनले सासू् कोषलाई भन्यो, ‘कर्मचारीका माग सम्बोधन गर्नुस्’

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले उठाएका मागहरको सम्बोधन गर्न सामाजिक सुरक्षा कोषलाई आग्रह गरेको
छ। ट्रेड युनियन महासचिव योगेन्द्र बहादुर कुँवरले एक विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपमा कोषमा आबद्ध हुन आग्रह गरेको अवस्थामा आफ्ना मागको सम्बोधन नभएको भन्दै बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको हो ।

ट्रेड युनियन कांग्रेसले बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीले उठाएका खाईपाई आएका सुविधा कटौती नहुने एवम् सामूहिक सौदाबाजी अधिकारको सुनिश्चितता, अवकाश रकममा आयकर नलाग्ने व्यवस्था, योगदानका आधारमा उच्चतम प्रतिफलको व्यवस्था, अवकाश तथा निवृत्तिभरण योजनामा देखिएका विवादीत विषयलाई स्पष्ट पार्न आग्रह गरेका छ ।

महासचिव कुँवरले विज्ञप्तिमार्फत बाँझिएका कानून र सुविधालाई व्यवस्थापन गर्ने विषयमा तत्काल पहल गर्न जरुरी देखिएकाले संरचनागत छलफल अघि बढाएर २०७८ असार मसान्तको समय सीमालाई समस्याको निक्र्यौल नहुँदासम्म कोषमा आबद्धताका लागि दैनिक ज्यालादारी एवम् अनौपचारिक क्षेत्रका श्रमिकलाई समय सीमा थप गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।

२०७८ असार १८ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:५१

काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत...