सगरमाथा इन्स्योरेन्सको शेयर मूल्यमा समायोजन

वि.सं.२०७८ असार १७ बिहीवार

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सको शेयर मूल्यमा आज समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको ११ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४०० कायम भएको छ। समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५५४ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज बुक क्लोज भएको छ । असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले असार ३० गते बुधबार साधारणसभाबाट हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
२०७८ असार १७ गते प्रकाशित

प्रकाशित समय : ०६:५७ बजे