के तपाईलाई थाहा छ, मनकामना स्मार्टको आइपीओ किन बिहीबार निष्काशन गरियो ?

वि.सं.२०७८ असार १७ बिहीवार

काठमाडौँ । शुक्रबार बाहेकको दिनमा आज (बिहीबार) पहिलोपटक मनकामना स्मार्ट लघुवित्तको आइपीओ निष्काशन भएको छ । सिडीएस एण्ड क्लियारिङ लिमिटेड (सीडिएससी) ले आगमी दिनबाट जुनसुकै दिन पनि आईपिओ निष्काशन गर्ने व्यावस्था कार्यन्वयनमा ल्याउन आज मनकामनाको आइपीओ ट्रायलको रुपमा सुरु गरेको हो । यस अघि शुक्रबार मात्र आईपिओ निष्काशन र शेयर बाँडफांड हुने गरेको थियो ।
अब भने सिडीएसले मेरोशेयरको प्रणालीमा सुधार गरेको र सिस्टमको पनि अपग्रेड गरिसकेकोले समस्या नआउने अपेक्षा सहित शुक्रबार बाहेक अन्य दिन पनि आईपिओ बिक्रि खुला र बाँडफांड गर्ने तयारी गरेको हो । फलस्वरुप आज मनकामनाको आइपीओ ट्रायलका लागि आज जारि गरिएको हो । यसपछि लगत्तै युनियन लाइफ इन्स्योरेन्सले असार २४ गते बिहिबार आईपिओ बिक्रि खुला गर्ने छ ।
सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले सिस्टम अपग्रेड गरिएको बताउँदै अब मेरोशेयरमा समस्या नआउने पक्का भएपछि बिहिबार नै आईपिओ बिक्रि खुला गराएर ट्रायल गर्न लागेको जानकारी गराए । आज मनकामना स्मार्टको आईपिओ निष्काशन सुरु हुँदा मेरोशेयरको अरु सेवामा कुनै समस्या नदेखिए जुनसुकै दिन पनि आईपिओ बिक्रि खुला गर्न सकिने उनको भनाई छ । आइपिओ बाँडफाँडको लागि भने शुक्रबार कुर्नु नपर्ने उनको भनाई छ ।
२०७८ असार १७ गते प्रकाशित

प्रकाशित समय : ०६:२२ बजे