back

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकले दियो नबिल बैंकलाई स्वीकृति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई अनमति दिएको छ । नविलले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।राष्ट्र बैंकले हिजो असार १५ गते मर्जर तथा प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

असार ५ गते सम्पन्न दुवै संस्थाको विशेष साधारणसभाले गाभ्ने–गाभिने विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसंगै अब दुवै संस्थालाई एकिकृत कारोबारको लागि बाटो खुलेको छ ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई १००ः३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

अर्थात् युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।  प्राप्ति पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने शाखा सञ्जाल वृद्धि भइ १४७ हुनेछ ।

२०७८ असार १६ गते प्रकाशित


ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत ६ बुधवार २२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली...

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ६ बुधवार २२:१३

भक्तपुर । भक्तपुर अस्पतालले आज सामाजिक परीक्षण अन्तर्गत  आमभेला कार्यक्रम...

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

वि.सं.२०८१ चैत ६ बुधवार १७:३४

चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा...

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

वि.सं.२०८१ चैत ६ बुधवार १७:२७

काठमाडौं। ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको...

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

वि.सं.२०८१ चैत ६ बुधवार १४:५९

काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना...