back

सिभिल र प्रभुबैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ । सिभिल बैंक  र प्रभु बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । बैंक तथा वित्तिय संस्थाको नियमन निकाय राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष ७७–७८ को तेस्रो त्रैमासमा यी २ बैंकलाई कारवाही गरेको हो।

सम्पति शुद्धीकरण सम्बन्धि ऐन र निर्देशनको उल्लङ्घन गरेको भन्दै राष्ट्र बैंकले सिभिल बैंकले लाई १० लाख जरिवाना गराएको हो । त्यस्तै सिभिल बैंकले ऋणीसंग अप्रत्यक्ष कारोबार गरेको पाइएकोले एकिकृत निर्देशन नम्बर ६ को संस्थागत सुशासन सम्बन्धि ब्यबस्थाको बुँदा नम्बर २ (ख) मा रहेको ब्यबस्थाको पालना नभएकोले अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिईएको रह्स्त्र बैंकले उल्लेख गरेको छ। चालु आर्थिक वर्षमा पहिलो पटक कारबाहीमा पर्ने बैंक सिभिल बैंक हो ।

त्यस्तै राष्ट्र बैंकले अर्काे प्रभु बैंकलाई पनि कारवाही गरेको छ । एकिकृत निर्देशनको ब्यबस्था विपरित प्रभु मनी ट्रान्सफरसंग कारोबार गरेको पाईएपछि सिभिल बैंकले संचालकहरुलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

राष्ट्र बैंकले तत्कालिन अध्यक्ष देवी प्रकाश भट्टचन, संचालकहरु शंकर कालीकोटा र रमेश सिंह खड्का, तत्कालिन संचालकहरु अम्बिका शर्मा लामिछाने, पुष्प बहादुर प्रधान , र दक्ष पौडेल तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, र राष्ट्रिय वाणिज्य बैंक तथा प्रथम त्रैमासमा लक्ष्मी बैंकलाई कारवाही गरेको थियो ।

२०७८ असार १६ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...