back

नेशनल हाइड्रोपावरले पायो इन्द्रावतिको लाइसेन्स

काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीले क्षमताको तल्लो इन्द्रावति जलविद्युत कम्पनीको लाइसेन्स पाएको छ । विद्युत विभागले सोमबार ४.४ मेगावाट क्षमता भएको इन्द्रावतिको लाइसेन्स नेशनललाई दिएको हो ।
विभागले केही समयअघि टेन्डर आह्वान गरेको उक्त इन्द्रावति जलविद्युतका लागी तीन वटा कम्पनीले प्रस्ताव पेश गरेकोमा नेशनल हाइड्रोपारले लाइसेन्स पाएको हो । कम्पनीले बोलकबोल मार्फत ६ करोड २० लाख २५ हजार रुपैयाँमा लाइसेन्स प्राप्त गरेको हो ।

यो जलविद्युतका लागि कम्पनीले पहिला पनि अवसर नपाएको भने होईन् । तर कम्पनीको यस जलविद्युत आयोजना निर्माणका लागि नेशनल हाइड्रोले धेरै समय अगाडि लगानी फसाएको हो। वि.स. २०७१ पुसा ३० गते उक्त आयोजनाको अनुमति पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश अनुसार उर्जा मन्त्रालयको सचिव स्तरिय निर्णयले खारेज गरेको थियो।

लाइसेन्स खोसिए सँगै कम्पनीले ६५ करोड भन्दा धेरै रकम प्रोभिजनिङ गर्नु परेको हो । फलस्वरुप कम्पनीको अहिलेसम्म पनि जगेडाकोष ऋणात्मक छ ।

तर अब भने लाइसेन्स पुनः प्राप्त गरे सँगै त्यतिबेलाको ६५ करोडको प्रोभिजनिङ फिर्ता हुनेछ । र अहिलेसम्म प्रोभिजनिका लागि छुट्टाएको रकम स्वत जगेडा कोषमा जम्मा हुनेछ ।

अहिले प्राप्त गरेको इन्द्रावतिको आयोजनाले कतिपय संरचना नेशनल हाइड्रोपावरकै प्रयोग गर्ने भएकाले आयोजनाको निर्माण लागत धेरै कम पर्न आउछ । साथै पहिलाका कतिपय शेयरधनीले छाडेर आइएमई ग्रुप सहित नयाँ लगानीकर्ताको प्रवेश भैइसकेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म कम्पनीको जगेडा कोष ३३ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ । ६५ करोड रुपैयाँको प्रोभिजनिङ फिर्ता भए सँगै यहि आर्थिक वर्षको वित्तीय विवरणमा जगेडाकोष धनात्मक भएर आउँछ । ३३ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेकोमा अव ३१ करोड भन्दा धेरै रकमले पोजेटिभ हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ । नयाँ आयोजनाका लागि कम्पनीलाई थप पूँजी आवस्यक पर्ने भएकाले बोनस शेयर तथा हकप्रद शेयर समेत निष्काशन गर्नु पर्ने हुन सक्छ ।

कम्पनीको १४।१४ मेगावाट क्षमताको लोअर इर्खुवा हाइड्रोपावरको पनि लाइसेन्स पाइसकेको छ। भोजपुर जिल्लामा रहेको यस आयोजनाको सुरुङ्ग उत्खनन् गर्ने काम अगाडि बढेको कम्पनीले जनाएको छ । कम्पनीले अर्को माद्मे खोलामा १२।३० किलोवाट क्षमताको माथिल्लो माद्मे खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र लिई प्राविधिक अध्ययन गरेको छ ।

२०७८ असार १५ गते प्रकाशित


वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५७

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)...

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५४

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले...

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५१

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर...

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ५ बिहीवार २०:३६

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

वि.सं.२०८२ असार ५ बिहीवार २०:०३

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...