back

आँपको उत्पादन घटेपछि मूल्यमा वृद्धि

काठमाडौँ । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैन ।

आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रु २० देखि ३० पर्नेमा यस वर्ष रु ७० देखि एक सयसम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।

“उत्पादनमा कमी आएकै कारण बजारमा आँपको मूल्य महँगो भएको हो”, त्रियुगा नगरपालका—११ का धनबहादुर खत्रीले भन्नुभयो”, “विगतका वर्षमा असारको मध्यतिर बढीमा प्रतिकिलो रु ३० मा किनेर खाने गरेको आँप अहिले रु ७० भन्दा बढी पर्ने गरेको छ ।” आँपका थोक बिक्रेताले किसानबाट सयकडाका दरमा खरिद गरी किलोग्राममा बिक्री गर्दा किसानले भने सोचेजति आम्दानी लिन पाएका छैनन् । त्रियुगा नगरपालिका—१ जोगिदहका किसान धनीकलाल चौधरीले व्यापारीले तौलेर नलिईकन गोटाको सयकडा रु ८ सयका दरले खरिद गर्ने गरेकाले आफूहरूले आम्दानी लिन नपाएको दुःखेसो पोख्नुभयो । सीमित मात्रामा बजारमा आएकाले व्यापारीले सयकडाको दरले आँपको बिक्री गर्न मानेका छैनन् । स्थानीय व्यापारी कृष्णदेव साहका अनुसार मालदह आँप प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । गत वर्ष स्थानीय बजारमा प्रतिकिला रु ३० देखि ४० सम्म बिक्री भएको थियो । यस वर्ष बजारमा आँप कम आएकाले मूल्यमा केही उतारचढाव आएको उनको भनाइ छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, आम्बासी, भागलपुर, चौदण्डी गढी नगरपालिकाको हँडिया,सुन्दपुर क्षेत्र, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, श्रीपुर, राजाबास, लक्ष्मीपुर, साउने, खाँबु, कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, उदयपुर गढी गाउँपालिकाको दनुवारबेसी, नेपालटार ,भलायाडाँडा क्षेत्र आँप जोनको रुपमा रहेको केन्द्र कृषि प्राविधिक अधिकृत अम्बीका भट्टराईले जानकारी दिए ।

यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पुर्याएपछि आँपको उत्पादन घटेको उनको भनाइ छ । आँपको उत्पादन घटेसँगै उदयपुरमा आँपको मूल्यमा पनि वृद्धि भएको केन्द्रले जनाएको छ ।

२०७८ असार १४ गते प्रकाशित


आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२८

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप...