back

समाजिक सुरक्षा कोषले ८ प्रतिशत प्रतिफल बितरण गर्ने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनका लागि मिति २०७५ कार्तिक २६ गते राजपत्रमा सुचना प्रकाशित गरि मिति २०७६ श्रावण १ बाट निरन्तर योगदान रकम संकलन भइरहेको छ ।

हालसम्म कोषमा जम्मा १४,५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता, ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ भने कोषले सञ्चालन गर्ने औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २,०४७ योगदानकर्तालाई रु ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र बुद्भावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट दाजी भुक्तानी भएको छ

मिति २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भए पश्चात यस कार्यक्रम प्रति आम रोजगारदाता तथा श्रमिकहरुमा थप उत्सुकता पैदा भएको कोषले महशुष गरेको छ । कार्यविधिको दोस्रो संशोधन पछि मात्रै कोषमा १,३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भएको छ । यस बिचमा कोषमा निरन्तर रुपमा योगदानकर्ता तथा रोजगारदाताको संख्यामा बृद्धि भै रहेको छ ।

२०७६–७७ भित्र सुचिकृत योगदानकर्ता कोषको आ.व. २०७६–७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीवाट प्राप्त प्रतिफल रु ३,८०, १५, ६९८१८०(तीन करोड असी लाख पन्ध्र हजार छ सय अन्ठानब्बे रुपैया र असी पैसा मात्र) वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको हुँदा सो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्नेछ ।

नेपाल सरकारले बजेट वक्तव्यमार्फत योगदानकर्ताको २०७८ जेठ र असार महिनाको योगदान जम्मा गरि दिने निर्णय गरेको हुँदा सरकारको उच्च प्राथमिकतामा कोष सँधै रहेको पुष्टी हुन्छ। कोषले सञ्चालनमा ल्याएका समाजिक सुरक्षा योजनाहरुको सफल कार्यन्वयनमा सबै सरोकारवालाहरुको सहयोग र सहकार्यको अपेक्षासहित यथासक्य छिटो कोषमा आवद्ध भइ कोषले प्रदान गर्ने सुविधाहरु उपयोग गर्नुहुन सबैमा अनुरोध छ

२०७८ असार १४ गते प्रकाशित


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...