back

मरिब भिडन्तमा १११ भन्दा बढीको मृत्यु

काठमाडौँ । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएको भिडन्तमा १११ जना बढी यमनीको ज्यान गएको छ । भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्प्तीमा पनि १११ जनाको मृत्यु भएको त्यहाँको सरकारी स्रोतले जनाएको हो ।

यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ ।

हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन् । यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र स्थान हो ।

बिहीबार र आइतबार भएका भिषण लडाईंमा सरकार समर्थित २९ जना सैनिकको ज्यान गएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारी सूत्रले जनाएको छ । तर विद्रोही हुथी समूहले आफ्ना लडाकूको ज्यान गएको बारेमा केही बताएको छैन ।

यमनका सरकारी अधिकारीको भनाईमा बिहीबारदेखि हुथी विद्रोहीले उत्तर, दक्षिण र पश्चिम तर्फबाट मरिबमा भिषण आक्रमण गरिरहेका छन् । तर लडाकूहरु मरिबको भित्री तहमा प्रवेश गर्न पाएका छैनन् । मरिबलाई विद्रोहीको कब्जामा पुग्न नदिन सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ।

एक जना सरकारी सैन्य अधिकारीले मरिब क्षेत्रमा दुबै तर्फबाट भिषण हमला भइरहेको र साउदी गठबन्धनका सेनाले हवाई आक्रमण गरिरहेको जानकारी दिए ।

यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हात माथि पर्नेछ । तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय संघसंस्थाहरुले बताएका छन् ।

यमनका अन्य क्षेत्रमा जारी भिडन्तबाट बच्न धेरै मानिस मरिबमा बस्दै आएका छन् ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमनका मुख्य विद्रोही समूह हुथीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा राखेका छन् ।

संयुक्तराष्ट्र संघ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि हुथी विद्रोहीहरुले कुनै किसिमको युद्धविराम वा मध्यस्थता हुनुअघि सानास्थित विमानस्थल खुलाउन माग गरिरहेका छन् । यो विमानस्थल सन् २०१६ देखि साउदी प्रतिबन्धका कारण बन्द छ ।

मरिबमा रक्तपातपूर्ण स्थिति देखिए पनि हुथी विद्रोहीहरुले साउदी अरेबियाका कैयौं स्थानमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण जारी राखेका छन् ।

यसै महिना यमनका लागि राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथले युद्ध अन्त्य गराउन तीन वर्षदेखि आफूले गरेको प्रयास त्यतिकै खेर गएको बताउनु भएको छ ।

यमन गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ । राष्ट्रसंघले यस युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ ।

युद्धका कारण दशौं लाख व्यक्ति विस्थापित भएका छन् ।

२०७८ असार १३ गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...